धरान : पछिल्लो समय सुनसरीमा प्रहरीले फरार प्रतिबादी पक्राउ गर्नेक्रम तिब्र बनाएको छ । 

यो क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीको फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत बिशेष प्रहरी टोलीले विगत आठ बर्ष देखि ज्यान मार्ने उद्योग कसुर मुद्दामा फरार रहेका प्रतिवादी इटहरी-१० बस्ने बर्ष ३४ को दिलिप चौधरीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरी दिएको जानकारी अनुसार भदौ १८ गते इटहरी-१० खनारमा रहेको भन्ने खबर पाईएपछि चौधरीलाई पक्राउ गरिएको हो । उनलाई  जिल्ला अदालत सुनसरी मिति २०७१।०६।११ गते ५ बर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका चौधरीलाई आइतबार सुनसरी जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।