धरान : अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा आज धरानमा  खुल्ला महिला तथा पुरुष सडक साइक्लिङ प्रतियोगिता सम्पन्न भएको छ । 

धरान उपमहानगरपालिकाबाट सुरु भएको साइक्लिङ प्रतियोगिता चतरालाइन्, कल्याणचौक, बुद्ध चौक, रत्नचौक, मङ्गलवारे, जोरसखुवा चौक हुँदै गणेशमान चौकबाट धरान उपमहानगरपालिका सम्मको साढे सात किलो मिटरको रहेको थियो ।

धरान उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजना, सुनसरी साइक्लिङ सङ्घको संयोजनमा भएको सो प्रतियोगितामा सबै उमेर समूहका महिला पुरुष गरी करिब ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

पुरुष तर्फ किरण लिम्बु प्रथम, नवीन तामाङ दिर्तिय, अनीश तामाङ तृतीय भएका छन् भने महिला तर्फ निकी नेम्वाङ प्रथम, इसा तामाङ दितिय, निसान चौधरी तृतीय भएका छन् । उनीहरूले नगद क्रमशः १५, १० र ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । 

यो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी मध्येबाट पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रोड रेस साइक्लिङ प्रतियोगितामा सहभागिताको लागि छनौट गरिने सुनसरी साइक्लिङ सङ्घका अध्यक्ष राजेन लिम्बुले बताए ।