विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ। उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज बिहान १० बजेर २५ मिनेटमा  विराटनगरमा निधन भएको छ ।

स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगर स्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा केही समय राखी आजै अन्तिम संस्कारका लागि भोजपुर हेलिकोप्टरबाट लगिएको छ । उहाँको स्थायी बसोबास भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो । 

वि.सं. १९९५ सालमा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिनुभएकी स्वर्गीय धनकुमारी राईको  कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राई सहित तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँका परिवारमा श्रीमान् नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माहिला छोरा ध्यानकुमार राई र छोरी मालादेवी राई हुनुहुन्छ ।