धरान : झापाको मेचीनगर नगरपालिका-१५ बाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

आइतबार बिहान ११ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजवंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैयाँ र डिजिटल मिनी तराजु २ थान बरामद गरेको छ ।

श्रोत नखुलेको रकम र समान बरामद भए सँगै राजवंशी र सोही घरमा रहेका स्थानिय ४३ वर्षीय मोहम्मद मोसाद आलमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।