धरान : नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै बिपी प्रतिष्ठानकी प्राध्यापक डा.बसुधा खनाल सम्मानित भएकी छन् । नेपाल मेडिकल एसोसिएसनले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा डा. खनाल सहित १५ जनालाई 'वुमन इन मेडिसिन इन नेपाल २०२२' अवार्ड प्रदान गरेकी हुन । नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरूप अवार्ड प्रदान गरिएको हो ।
माइक्रोबायोलोजिको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानलाई कदर गर्दै प्रतिष्ठानकी माइक्रोबायोलोजी विभागकी प्राध्यापक डा. बसुधा खनाललाई राष्ट्रपतिबाट 'वुमन इन मेडिसिन' बाट सम्मानित गरिएको छ । 
डा. खनालले धरानमा नै जन्मिएर धरानबाटै आइएस्सि सम्मको अध्ययन गरेकी हुन । उनी तत्कालीन छात्रातर्फको उच्चतम अङ्क प्राप्त गरेर ऐश्वर्या विद्या पदकबाट समेत विभूषित भएकी थिइन । सरकारको छात्रवृत्ति मार्फत पाकिस्तानबाट एविविएस अध्ययन गरेकी खनालले प्रतिष्ठानका मेडिकल अफिसर पदबाट सेवा सुरु गरेकी थिइन । माइक्रोबायोलोजिमा गोल्डमेडलीष्ट खनालले प्रतिष्ठानमा माइक्रोबायोलोजी विभागको प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेकी छन् ।