चतरा : वराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ इकाई समितिले १६ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको छ।
इकाईका उपसभापति मार्सल तामाङका अनुसार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको सहयोगमा १६ जना गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई १ वर्ष क्याम्पस निःशुल्क अध्ययनकालागि छात्रवृत्ति प्रदान गरिएको हो।
इकाई समितिले अङ्कित बिक, विनीता गौतम, निमिता आले मगर, अस्मिता उराँव, अविसा रिजाल, सदिक्षा राई, जानुका श्रेष्ठ, मञ्जु श्रेष्ठ, प्रतीक्षा घिमिरे, समीक्षा धामी, मोहम्मद मुवारख, निकिता बस्नेत, रोस्ना कार्की, एलिस भण्डारी, दीपेश माझी र भावस कार्कीलाई छात्रवृत्ति प्रदान गरिने निर्णय भएको कार्यवाहक सभापति विज्ञान लिम्बूले बताए ।