धरान : बढ्दो पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई ध्यानमा राखेर इटहरीमा विद्युतीय स्कुटरको बिक्री सुरु गरिएको छ । नवदुर्गा ग्रुपले इटहरीको पश्चिम लाइनबाट स्कुटर विक्री सुरु गरेको हो । 
सोमबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालक शारदा सिटौलाले एक कार्यक्रमका बिच विक्री केन्द्रको उद्घाटन गरेकी हुन् । इटहरीको पश्चिम लाइन महेन्द्र पेट्रोल पम्प अगाडि रहेको विक्री केन्द्रले पूर्वको धरान, इटहरी, इनरुवा, दुहबी देखी बेलबारी सम्मको बजारलाई आकर्षित गर्ने तयारी गरेको छ । 
विक्री केन्द्रका सञ्चालक दीपक कार्कीका अनुसार पेट्रोलियम पदार्थको मुख्य वृद्धि सँगै विद्युतको सहज उपलब्धताले बजारमा विद्युतिय सवारीको सम्भावना बढेको छ । लुयान कम्पनीको स्कुटर एक पटक पूर्ण चार्ज गर्दा ८० किलोमिटर सम्म चलाउन सकिने उनले बताए । प्रतिघण्टा ६५ किलोमिटरको गतिमा चलाउन सकिने सो स्कुटरको बजार मूल्य १ लाख ८० हजार रहेको उनको भनाई छ ।
घरमा फोन चार्जीङ प्लग मार्फत चार्ज गर्न मिल्ने बताउँदै उनले तीन देखी ४ घण्टा सम्ममा फुल चार्ज हुने बताए  । अन्य स्कुटरको तुलनामा धेरै किफायती, मितव्ययी र सस्तो पर्ने उनले प्रष्ट पारे।
electric-scooter