धरान : नवौँ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटबल टिमलाई झुना राईले आफ्नो झुनाज फिटनेस निःशुल्क प्रयोग गर्न दिने भएका छन् ।

राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटबल खेलाडीहरूको फिटनेसका लागि आफ्नो फिटनेस सेन्टर निःशुल्क रूपमा प्रयोग गर्न सहयोग गरेका हुन । यही भदौ ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटबल खेलाडीहरूले धरान रङ्गशाला कर्भडहलमा प्रशिक्षण गरिरहेका छन् ।

उनीहरूको थप फिटनेसका लागि जिम र स्विमिङ सहयोगी हुने भएकोले सुनसरी बास्केटबल सङ्घका पूर्व कोषाध्यक्ष समेत रहेकी झुना राईले आफ्नो फिटनेस उपलब्ध गराएका हुन । सुनसरी महिला बास्केटबल टिममा डा. आशा राई, तनु राई, शीतल तामाङ, आस्था कुलुङ राई, निरुता राई, इक्सा लिम्बु, सम्झना राई, सेरिना लिम्बु, आशा लामा, एल्भिना गुरुङ, नुमा लिम्बु र तनिशा श्रेष्ठ रहेका छन् । त्यस्तै गरी पुरुष तर्फ विवेकमनि श्रेष्ठ, दिवस राई, सुसन श्रेष्ठ, बिकेन चौधरी, रवि बास्फोर, सन्दीप श्रेष्ठ, समीर राई, नवीन राई, हेमन्त राई, योक राई, कविन मगर र साहिल तामाङ रहेका छन् ।

प्रशिक्षणमा रहेका सुनसरीका खेलाडीहरूले असोज पहिलो हप्ता प्रदेश १ खेलाडी छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् । छनौट प्रतियोगिता वाट प्रदेश १ महिला र पुरुष बास्केटबल खेलाडी छनौट गरिनेछ । छनौट भएका खेलाडीहरूले प्रदेश १ को प्रतिनिधित्व गर्दै असोज २८ गते देखि सुरु हुने ९ औ राष्ट्रिय प्रतियोतिामा प्रतिस्पर्धा जनाउने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताएका छन्।