धरान : भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण गर्न कम्तीमा दुई महिनाको प्रक्रिया लाग्ने भूमि आयोग सुनसरीका अध्यक्ष भगीरथ खत्वेले जानकारी दिए ।

मंगलबार जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा यस्तो कुरा बताएका हुन । अध्यक्ष खत्वेले सुनसरी जिल्लामा धरान र वराहक्षेत्रमा सुरु गरिएको बताए । धरानमा नगरपालिकाले सम्पूर्ण डाटा लगाइसकेको बताए । अव वडाबाट सम्पूर्ण काम भए निस्सा वितरण गरिने कुरा खत्वेले जानकारी दिए । आयोगले एक घरपरिवारलाई कम्तीमा पौने सात धुर जग्गा दिने तयारी रहेको बताए ।

उनले लालपुर्जा पाएको दश वर्षसम्म बेचबिखन गर्न नपाउने गरिएको व्यवस्था रहेको बताए । धनी पुर्जा प्राप्त गर्दा नेपाल सरकारलाई सरकारी मूल्यको पाँचदेखि सय प्रतिशतसम्म राजश्व बुझाउनुपर्ने प्रावधान रहेको अध्यक्ष खत्वेले बताए । उनले सुकुम्वासी जसले पैसा नभएकै कारण जग्गा किन्न नसक्ने भएको बताए । तर यी सबै कुरा स्थानीय तह सहित धरान उपमहानगरको हातमा रहेको भन्दै मेयर समक्ष यी कुरा राखिएको बताए ।

जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष अशोक राईको विशेष उपस्थितिमा भएको अन्तरक्रियामा अध्यक्ष राईले राजश्व सकेसम्म पाँच प्रतिशत बनाउने तर्फ ध्यान दिनुपर्ने बताए । धनी पुर्जाको विषयमा अध्यक्ष राईले विशेष चासो दिएका थिए ।

जनता समाजवादी पार्टी सुकुम्वासी समिति अध्यक्ष केशव कालिकोटेले धरान उपमहानगर भित्र धनी पुर्जा वितरणमा ढिलाइ हुनुमा वडा समितिको कारण भएको बताए । नगरपालिकाको तथ्याङ्क सबै चढाइसकेको अवस्था अव प्रक्रिया वडाबाट हुने बताए । जसका लागि वडालाई छिटो काम गर्न लगाउनुपर्ने बताए ।

उनले धरान वडा नम्बर ५ को सेउति खोलाको किनारामा बस्नेले धनी पुर्जा नपाउने बताए । उनीहरूले त्यही बस्न पाउँछ तर त्यहाँको जग्गामा धनी पुर्जा पाउन नसक्ने बताए । त्यसको विकल्पमा वडा अन्यत्र सट्टा भर्ना गरिने बताए । त्यसैगरी दुई धुर तिन धुर लगायतको साना क्षेत्रफलमा पनि आयोगले पुर्जा दिने प्रावधान नरहेको बताए ।