धरान : युनिक पुल हाउस एन्ड खाजा घरको आयोजनामा भदौ २३ गते बिहीबार देखि युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ हुने भएको छ ।

धरान-५ सिरान देउराली  स्थित युनिक पुल हाउस एन्ड खाजा घरको उद्घाटनको अवसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरान भरिका पचास टिमले सहभागिता जनाउने छ । प्रतियोगिताका विजेताले नगद तिस हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरी उपविजेताले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत पुरस्कार तर्फ प्रतियोगिताको सेन्चुरी ब्रेकले नगद १५ हजार र हाइएस्ट वे्रकले नगद १० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्नेछ ।

धरानमा थुर्पै राष्ट्रिय स्तरको व्यवसायीक स्नुकर खेलाडीहरू भए पनि स्थानिय निकायले स्नुकर खेल तथा खेलाडीहरूको लागि कुनै पनि कार्यक्रम योजना नबनाएको हुँदा धरानका स्नुकर खेलाडीहरूलाई प्रोत्साहन गर्न तथा स्नुकर खेललाई प्रवर्द्धन गर्नका लागि  प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं आयोजक युनिक स्नुकर हाउस एन्ड खाजा घरका सञ्चालक चन्द्र लिम्बुले बताए ।

युनिक स्नुकर तथा खाजा घर भदौ १ गते देखि ट्रायल ओपनिङ्ग भैसकेको छ । भाद्र २३ गते देखि प्रतियोगिताको आयोजना गरेर स्नुकर तथा खाजा घरको औपचारिक रूपमा उद्घाटन गर्न लागिएको सञ्चालक लिम्बुले बताए । प्रतियोगिता दुई हप्ता सम्म चल्नेछ ।