धरान : जनता समाजवादी पार्टी सङ्घीय परिषद् अध्यक्ष अशोक राईले आफूले चुनावमा उम्मेदवार घोषणा नगरेको बताएका छन् । अध्यक्ष राईले मिडियामा उम्मेदवारीको कुरा आएको भन्दै उम्मेदवार हुने  पार्टीले सिफारिस गरिएको हुनुपर्ने बताए ।

अध्यक्ष राईले धरानमा भएको सङ्घ र प्रदेश निर्वाचनबारे अभिमुखीकरण कार्यक्रममा यस्तो कुरा बताएका हुन । उनले अघिल्लो चुनावमा आफू यस क्षेत्रमा उम्मेदवार भएको र यहाँका मतदाताले २२ हजार १ सय २३ मत दिएको बताए । नेपाली काङ्ग्रेस सँगको गठबन्धनमा तत्काल उम्मेदवार भएको बताए ।

त्यसको पाँच वर्षपछि चुनाव भइरहेको भन्दै यो राजनीतिक दलका लागि उत्सव जस्तै भएको बताए । उनले सुनसरी १ को लागि उम्मेदवार भएको खण्डमा यहाँको क्षेत्रका लागि धेरै कुरा गरेको बताए ।

सुनसरी १ को लागि आफूले सडक ढल लगायतको पहल गरेको बताए । उनले धरानका मेयर-उपमेयर सहितको प्रतिनिधि मण्डल राजधानी आएको समयमा जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री भएका भौतिक योजना तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले धरान बिष्णुपादुकाको सडक कालोपत्रे गर्न ३३ करोड बजेट दिने भएको बताए । 

त्यसैगरी जनता समाजवादीकै भागमा परेको बन मन्त्रीबाट हाल धरानमा बन्दै गरेको ट्राफिक कार्यालय निर्माणस्थलमा वन उल्लेख हुँदा बाधा भएको भन्दै त्यसलाई समाधान गर्ने काम गरेको बताए । 

त्यसैगरी कोसी राजमार्ग अन्तरगत तरहरा-धरान सडक खण्डको काम सुस्त र दुर्घटनाको जोखिम भएकोले तत्काल चाँडो काम थाल्न विभागलाई निर्देशन दिन लगाएको बताए । उनले त्यसको प्रभावकै कारण अहिले जङ्गलको बाटोमा काम भइरहेको बताए । सो खण्ड दसैँ अगाडि सक्न निर्देशन दिएको बताए ।

त्यसैगरी मेयर हर्क साङ्पाङ खानेपानीको मुद्दा लिएर नै जितेकोले धरानको दीर्घकालीन खानेपानीको लागि धरान उपमहानगरको बजेटले मात्र समाधान गर्न नसक्ने भएपछि त्यसका लागि पनि आफूबाट पहल भएको दाबी गरे ।

नेपाली अर्थतन्त्रमा आदिवासीको सिप कलाले टेवा दिन सक्ने धेरै कुरा भएको बताउँदै नेपाली आदिवासीको छुट्टाछुट्टै पहिचान भएको बताए ।  तोङ्बा भन्ने बित्तिकै हिमाली आदिवासीको पहिचान झल्किन्छ । त्यसैगरी तिते माछा र याङ्बेन लिम्बु समुदायसँग सम्बन्धित रहेको छ । वाचिपा राई समुदाय, क्वाटि लगायत नेवारी समुदाय मौलिक खाद्य परिकार रहेको बताए । वास्तवमा त्यही नै पहिचान भएको बताए । आदिवासीको सिपबाट बन्ने कोदोको रक्सी भाती रक्सी जाँड कोरिया जापानमा औद्योगीकरण भएको पनि राईले बताए । तर नेपालमा रम ह्विस्की विदेशबाट आयत गर्नुपर्ने भएकोले गर्दा देशको पैसा बाहिरिने हुँदा देश गरिब भएको बताए । आदिवासीको यस्तो सिप प्रविधिलाई अवैध भनेर पोखाउने भन्दै त्यसको सट्टा औद्योगीकरण गर्नुपर्ने बताए ।

यसैगरी स्वास्थ्य मन्त्री जयराम यादवले एमालेकै कारण प्रदेशको नाम राख्न नसकिएको बताए। तत्कालीन अवस्थामा एमाले माओबादीको नेकपा हुँदा ६२ जना सांसद बढि रहेको तर अहिले राजेन्द्र राईको कार्यकाल गठबन्धन दुईतिहाई नपुग्ने भएकै कारण पहिचान सहितको प्रदेश नाम राख्न नसकिएको बताए । एमालेले समर्थन नगरेकै कारण प्रदेश नाम राख्न नसकिएको बताए । अव अर्को चुनावमा प्रदेश १ लिम्बुवान,किरात वा किरात लिम्बुवान नामकरणको मुद्दा उठाएर  जानुपर्ने बताए ।

कार्यक्रम दश जोड एकका राष्ट्रिय समितिहरू शेर्पालुङ राष्ट्रिय समिति, लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति र शिल्पी विशेष प्रदेश समितिको संयुक्त आयोजनमा भएको थियो ।