धरान : बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरानका एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

धरान-१२ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रबक्ता चूडामणि पोखरेलले जानकारी दिए । 

कोरोना विरुद्धको दुवै डोज खोप लगाएका उनलाई भाद्र २५ गते शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

उपचारकालागी २५ गते नै अस्पताल भर्ना भएका उनको आज बिहान १२:५० मा निधन भएको पोखरेलले जानकारी दिए । 

उनी मुटु रोग तथा मिर्गौला सम्बन्धी दीर्घ रोगी रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।