धरान : देशैभर डेङ्गु सङ्क्रमण बढिरहेको बेला धरानमा पनि पछिल्लो साता डेङ्गु ज्वरोका बिरामी बढन थालेका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार अहिले सम्म धरानमा कतिलाई डेङ्गु सङ्क्रमण भयो भन्ने बारेमा एक्किन जानकारी त आएको छैन तर सङ्क्रमण देखिसकिएकोले गर्दा सुरुमा माइकिङ गरिएको र अव आज देखि भने वडा वडामा फगिङ धुवा हान्ने काम सुरु गर्ने निर्णय भएको छ ।

महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार आज साँझ देखि कुन वडामा काहाबाट फगिङ गरिने हो भन्ने बारेमा निर्णय हुने छ । धरानमा फगिङ गर्ने निर्णय भइसकेको बताउँदै फगिङको तयारी अन्तिम चरणमा पुगेको प्रमुख मेहेताले बताए । कुन वडाबाट थालनी गर्ने हो भन्ने बारेमा नगर प्रहरी सँग छलफल भइरहेको छ । 

विगतमा तराई क्षेत्रमा मात्रै देखिँदै आएको डुङ्गेको प्रकोप उच्च पहाडी क्षेत्रहरूमा पनि देखिएको र अहिले सम्म देशभर संक्रमणदर उच्च हुनुका साथै ६ जनाको मृत्यु समेत भइसकेकोले धरान उपमहानगरपालिकामा पनि उच्च सतर्कता अपनाइएको हो ।

फगिङ भन्दा सर्च एण्ड डिस्ट्रोए निकै राम्रो हुने भए पनि धरानमा विगतमा फगिङ गरिएकोले गर्दा यस पटक पनि फगिङसंगै सर्च एण्ड डिस्ट्रोएलाई पनि सँगसँगै अघि बढाइने बताइएको छ । 

डेङ्गु एडिज एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्ने भएकोले यो लामखुट्टे सफा पानीमा अण्डा पार्ने भएकोले घरको वरिपरिका खाल्डाखुल्डी पुर्न र गमलादानी, फ्रिजको पछाडि जमेको पानी नियमित सफा गर्न आग्रह गरिएको छ ।

त्यो सँगै घरको खानेपानीको ट्याङ्कीको पानी राम्रोसँग बन्द गर्न पनि आबहान गरिएको छ । धरान उपमहानगरपालिकामा अहिले फगिङ गर्नका लागि २ वटा फगिङ मेसिन सञ्चालनमा रहेको र थप अरू मेसिन मर्मत भइरहेकोले आज साँझबाट नियमित फगिङ गरिने निर्णय भएको हो ।