धरान : ५८ औँ बाल दिवस सम्यक शिक्षा आधारभूत विद्यालय धरान-१७ मा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

“बाल मैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल नाराका साथ सम्पन्न भएको बाल दिवसमा धरान-१८ को माउन्ट हर्मन इङ्गिलस बोर्डिङ स्कुलका हर्मनिज किड्स क्लबले सदाको वर्ष झैँ यस वर्ष पनि २ सय थान भन्दा बढी कपी र पेन्सिल सहयोग गरे । धरान-१५ निवासी हाल धरान हङ्गकङ्ग मञ्चका सह-सचिव तारा लिम्बु, दिदी सिता लिम्बु र आमा धनमाया लिम्बुबाट २५ हजार सहयोग र सम्पूर्ण विद्यार्थीहरूलाई फ्रुटी, बिस्कुट र चाउचाउ वितरण भएको थियो ।

धरान-११ निवासी हाल अमेरिकामा रहेका युवा समाजसेवी अमर केसीबाट १५ हजार बराबरको कापी र विद्यालयलाई सहयोग गरेका छन् ।

बाल दिवसको अवसरमा विद्यालयमा विभिन्न प्रतियोगिताहरूको आयोजना भएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण भएको थियो भने शैक्षिक सत्र २०७९ को पहिलो त्रैमासिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो ।