धरान : केन्द्रीय प्रविधि क्याम्पस धरानको कर्मचारी सङ्घ इकाई समितिको सभापतिमा महेश कोइराला निर्विरोध निर्वाचित भएका छन् । 

हरेक ३/३ वर्षमा हुने कर्मचारी इकाई समितिको निर्वाचन यस पटक कोरोना महामारीको कारण निकै ढिलो गरी सम्पन्न भएको हो । समितिको उपसभापतिमा सचिन बस्नेत, सचिवमा साकर पोखरेल, सहसचिवमा महेश श्रेष्ठ र कोषाध्यक्षमा अनिता श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी सदस्यमा सरस्वती बस्नेत, मणिकुमार तामाङ, विशाल निरौला, सन्तोषी घिमिरे, सुमन पुलामी र सूर्यबहादुर लिङ्दम पनि निर्विरोध निर्वाचित भएका छन् । 

त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको विधान २०४७ बमोजिम ११ जनाको कार्यकारिणी समितिको प्रावधान भएको र दाखिला हुन आएको उम्मेदवारहरूको सूचिमा विधान अनुसार तोकिएको पदमा तोकिएकै सङ्ख्यामा मात्र उम्मेदवारी परेकोले उम्मेदवारहरूलाई बिहीबार बसेको निर्वाचन समितिको निर्णयअनुसार निर्विरोध रूपमा निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Hattisar