इटहरी : इटहरीका २२ वर्षीय युवा सहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका-१५ बाट एक जना र झापाको बिर्तामोड नगरपालिका-४ बाट दुई जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।  
बिहीबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ मा चेक जाँचको क्रममा  को ३५ प २२६६ नम्बरको मोटरसाइकल चालक इटहरी-४ सुनसरीका २२ वर्षीय विशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । 
 त्यसैगरी लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ बस्ने ३८ वर्षीय सुगन्दा अन्सारी र उनको १७ वर्षीय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । 
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।