झापा : झापामा नावालीका दिदीबहिनीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा मेचीनगर नगरपालिकाका ७३ वर्षीय एक वृद्ध रहेको प्रहरी श्रोतले जानकारी दिएको छ। बलात्कृत हुने ११ र १७ वर्षका दुई नाबालिका हुन । पक्राउ परेका वृद्धका विषयमा अनुसन्धान भइरहेका कारण अहिले प्रहरीले त्यसबारेमा विस्तृत जानकारी गराएको छैन । 
ती वृद्धलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको थियो । पीडितमध्ये १७ वर्षकी नाबालिका गर्भवती समेत रहेको खुल्न आएको छ। अनुसन्धानका लागि म्याद थपको तयारीमा रहेको प्रहरीले आरोपित र पीडितको बारेमा खुलाएको छैन ।