धरान : पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ बाट प्रदेश स्तरीय साइक्लिङ छनौट प्रतियोगिता धरानमा सम्पन्न भएको छ । 

धरान १४ विजयपुरको पञ्चकन्या जङ्गलमा सम्पन्न भएको छनौट प्रतियोगितामा इलाम, धनकुटा, ओखलढुङ्गा, सुनसरी, मोरङ र झापा जिल्लाबाट ४५ जना साईक्लिस्टहरुको सहभागिता रहेको थियो । 

छनौट प्रतियोगितामा  ३ महिला, ४ पुरुष छनौट भएका छन् । डाउन हिल तर्फ महिलामा आशा लिम्बू सुनसरी, इन्द्रकुमार लिम्बु निकी सुनसरी र तेसिका राई इलामा छनौट भएका छन् । यसै गरी पुरुषतर्फ दीपक जिमी सुनसरी, सौगात मगर सुनसरी, समृद्ध लिम्बु सुनसरी र अवतार राई उदयपुरबाट छनौट भएका छन् । 

यस्तै क्रस कन्ट्रीतर्फ  पुरुषमा किरण लिम्बू सुनसरी, निमा सेर्पा उदयपुर, विश्वास राई ओखलढुङ्गा र अवतार राई उदयपुर छनौट भएका छन् । 

धरानमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न खेलका लागि छनौट प्रतियोगिता भइरहेका छन् । शुक्रवार धरानमा साइक्लिङ छनौट प्रतियोगिता सम्पन्न भएको हो ।