धरान : अमेरिकाको कोलोराडो स्थित टाउन अफ सुपेरियर र नेपालको सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ ।

सांस्कृतिक आदानप्रदान, कला, साहित्य, पर्यटन, शिक्षा, व्यवसाय प्रवर्द्धन, दिगो विकास र मानवीय सहायता जस्ता विषयमा दुई नगरपालिकाबिच सहकार्य गर्ने उद्देश्यका साथ भगिनी सम्बन्ध कायम भएको हो । टाउन अफ सुपेरियरका मेयर क्लीन्ट फल्सम र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले शनिवार अमेरिकाको टाउन अफ सुपेरियरमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 
टाउन अफ् सुमेरियरका मेयर क्लीन्ट फल्समको निमन्त्रणामा खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, लेखा अधिकृत रुद्रमणि श्रेष्ठ र प्रशासकीय अधिकृत दिनेश कट्टेल अमेरिकाको कोलोराडो स्थित टाउन अफ् सुपेरियर पुगेका छन् । खाँदबारीको प्रतिनिधि मण्डललाई अमेरिकाको टाउन अफ् सुमेरियरका मेयर क्लीन्ट फल्समले डेनबर विमानस्थलमा स्वागत गरेका थिए ।  त्यसैगरी खाँदबारीको प्रतिनिधि मण्डल र मेयर क्लीन्ट फल्सम बिच आज शिष्टाचार भेट पनि भएको छ भने टाउन अफ् सिटीले नेपाली प्रतिनिधि मण्डलको सम्मानमा रात्रि भोजको समेत आयोजना गरेको छ ।  
सो कार्यक्रम व्यवस्थापन तथा सहजिकरणका लागि सुपेरियर-खाँदबारी सिष्टर सिटीका प्रोजेक्ट अध्यक्ष नारायण श्रेष्ठ तथा बोर्डका सदस्यहरुद्धारा गरिएको हो ।
america-khandbari