धरान : प्रेस सेन्टर नेपाल इनरुवा नगरसमितिको शनिवार सम्पन्न दोस्रो सम्मेलनबाट आफिया बानोको अध्यक्षतामा सर्वसम्मत १९ सदस्यीय नगर कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा जिज्ञासा मोते, सचिवमा अनीश परियार, सह-सचिवमा सुमरिन पौडेल र कोषाध्यक्षमा काजल यादव चयन भएका छन्। कार्यसमितिको सदस्यहरूमा कन्चन यादव, खुश्बु साह, दीपक मण्डल, विवेक मण्डल, प्रकाश यादव, इम्तियाज अन्सारी, स्नेहा मण्डल, सोनीका श्रेष्ठ रहेका छन्। त्यस्तै अन्य सदस्यहरूमा नमृता माझी, नीरज कुमार यादव, साजिद अन्सारी, सहजाद आलम, सन्तोष मण्डल र सम्सेर अन्सारी रहेका छन्।
नवनिर्वाचित कार्यसमितिको पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि सेन्टरका केन्द्रीय उपमहासचिव राजन केडीले शपथ ग्रहण गराएका थिए । इनरुवा-३ स्थित सहिद प्रतिष्ठान भवनमा भएको कार्यक्रममा प्रदेश१ का उप-सभामुख सरस्वती पोख्रेल, नेकपा माओवादी केन्द्रका  प्रदेश १ का उपाध्यक्ष शिव कुमार डाँगी, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरे।
सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका इनरुवाका अध्यक्ष तोया गिरी, पार्टीका इनरुवाका नेता रमेश भट्टराई, सेन्टरका केन्द्रीय सदस्य श्रीसिसा राई, प्रदेश सचिव प्रमोद यादव, पत्रकार जयकृष्ण यादव, सेन्टरका जिल्ला उपाध्यक्ष लक्ष्मी दङ्गाल, पत्रकार महासङ्घका कोषाध्यक्ष अजित झा, अखिल क्रान्तिकारीका विद्यार्थी नेता अर्जुन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सेन्टरका जिल्ला सह-सचिव मनोज निरौलाले गरेका थिए।