झापा : झापाको दमक नगरपालिका वडा नम्बर ९ स्थित चिया बगान क्षेत्रमा एक नवजात शिशुको शव फेला परेको छ।  
चिया बगान भित्र जेब्रा झोलामा ब्लायङ्केटले बेरेर प्लास्टिकको झोलाभित्र हालेर फ्यालेको अवस्थामा शव फेला परेको हो । स्थानीय एक महिलाले जेब्रा झोला देखेपछि झोला खोलेर हेर्दा अति नै दुर्गन्ध आएपछि अन्य स्थानीयहरूलाई खबर गरेकी थिइन । 
स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरीको टोलीले आवश्यक प्रक्रिया पुरा गरी शवलाई पोष्मार्टमका लागि दमक अस्पताल पठाएको छ। 
उक्त शिशु कसले ल्याएर फ्याल्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।