धरान : धरान-५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस खण्ड खाजा घरको आयोजनमा आयोजित धरान स्नुकर च्याम्पियनको फाइनलमा आज गणेश गुरुङ र वालकुमार मेन्याङ्गवो भिड्दै छन् ।

वेस्ट अफ नाइनमा खेलाइएको सेमिफाइनल खेलमा गणेशले दोर्जे पाख्रिनलाई ५–१ र वालकुमारले सरोज राई ५–१ कै अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । प्रतियोगिताका विजेताले नगद तिस हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै गरी उपविजेताले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत पुरस्कार तर्फ प्रतियोगिताको सेन्चुरी ब्रेक पुरस्कार नगद १५ हजार र हाइएस्ट वे्रक पुरस्कार नगद १० हजार रुपैयाँ, ट्रफि र मेडल रहेको छ । फाइनल खेल आज दिउसो १२ बजे देखि सुरु हुनेछ ।

भदौ २३ गते देखि सुरु भएको प्रतियोगितामा धरान भरिका ५२ जना खेलाडीहरूले सहभागिता जनाएका थिए ।