धरान : संविधान दिवसको अवसरमा लायन्स क्लब अफ पञ्चकन्याले विद्यार्थी बालबालिकाहरूलाई २५ सय थान स्टेसनरी समानहरू वितरण गरेको छ ।

क्लबले आफ्नो वान रुपिस फर एजुकेसन अभियान अन्तर्गत नेपाल बसोबास वस्ति संरक्षण समाज मातहतको सुकुम्वासी वस्तिमा बसोबास गर्ने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरूलाई स्टेसनरी समान वितरण गरेका हुन ।

पञ्चकन्या क्लबले धरान १६ र ११ का तिन सय २९ बालबालिकाहरूलाई कापी, कलम, पेन्सिल र इरेजर वितरण गरेको हो । क्लबले सम्बन्धित क्षेत्रमा नै गएर सहयोग सामाग्री वितरण गरेको थियो ।  सहयोग सामाग्री हङकङ नेपाली महासङ्घका अध्यक्ष रिता गुरुङले उपलब्ध गराएका हुन ।

सहयोग सामग्री कार्यक्रम आयोजक लायन्स पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ, सुनसरी अध्यक्ष जनकऋषि राई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, डिस्ट्रिक्ट फस्ट लेडि रेखा गुरुङ, युवा व्यवसायी लायन्स कविता लिम्बु, लायन्स टङ्क गुरुङ, लायन्स कृति श्रेष्ठले वितरण गरेका थिए ।