धरान : टाइसन ग्रुप अफ कम्पनीले धरान-१२ उपमहानगरपालिका कार्यालय अगाडी टाइसन कन्सल्टेन्ट एण्ड इन्जिनियर्स कम्पनी सञ्चालनमा ल्याएको छ ।
बुधवार कम्पनीको कार्यालयमा भएको उद्घाटनमा बोल्दै कम्पनीका अध्यक्ष सोनेहाङ राईले यसअघि टाइसन रियल स्टेटले जग्गाको कारोबार गरिरहँदा भवन निर्माण सम्बन्धी कार्य गर्ने कम्पनीको अभाव खड्किएकाले यस कम्पनी सुरु गरिएको बताए । अहिलेको समयको माग अनुसार अत्याधुनिक सुविधा, दक्ष जनशक्ति सहित भवन निर्माणका लागी आवश्यक पर्ने सबै परामर्श तथा निर्माणको सेवा कम्पनीबाट प्रदान गरिने उनले बताए ।
कार्यक्रममा बोल्दै कम्पनीका इन्जिनियर याम सुब्बाले निर्माण गर्नु अघि, निर्माण गर्ने क्रममा र निर्माण सम्पन्न भएसम्म कम्पनीले सहयोग गर्ने जनाए । “कम्पनीले कन्सेप्चुवल प्लानिङमा कसरी आवासीय वा व्यावसायिक भवन डिजाइन गर्ने, सरकारी मापदण्ड के रहेको छ, व्यावसायिक भवनमा ऊर्जाको व्यवस्थापन लगायतको कुराहरू कसरी गर्ने भन्ने सहयोग गर्छ । यस्तै स्टकचरल एनालाइसिस र खर्च कति लाग्छ भनी कष्ट इस्टमेट समेत गर्नेछ” उनले भने, “भवन निर्माण गर्दा कच्चा पदार्थ व्यवस्थापन, निर्माण क्षेत्र अनुगमन तथा दक्ष जनशक्ति प्रदान गर्ने काम समेत हामीले गर्छौ ।“ कम्पनीलेनै इन्टेरियर डिजाइन अन्तर्गत मोडुलर किचन सेटिङ्ग, लिभिङ तथा बेडरूम र फल्स सिलिङ डिजाइन समेत गर्ने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि स्थानिय निर्माण व्यवसायी सङ्घका अध्यक्ष नारायण लिम्बुले धरानलाई स्मार्ट सहर बनाउने कि सांस्कृतिक सहर बनाउने भन्ने बहस चल्न जरुरी रहेको बताए । यसको लागी धरान उपमहानगरपालिकाले स्पष्ट नीति निर्माण गर्नु जरुरी रहेको बताए।
कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङले यसरी सुरु भएको भवन निर्माण कम्पनीले बलियो घर सँगै स्थानिय भूगोल र संस्कृतिको आधारमा समेत संरचनाहरू निर्माण गरे सुन्दर शहरको परिकल्पना समेत पुरा हुने बताए । टाइसन सँग सहकार्य गर्दा बैङ्किङ सुविधा समेत छिटो र सजिलो हुने सिटिजन्स बैङ्क धरानका शाखा प्रबन्धक तोर्णबहादुर कार्कीले जनाएका थिए ।
tyson-realstate-engineers-2