विराटनगर : प्रदेश नं १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटीङ मोटरसाइकल हस्तान्तरण गरिएको छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षाकर्मीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । 

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताए ।

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराधलाई न्यूनीकरणका गर्नकालागि सुरक्षाकर्मीलाई मज्बुद बनाउनुपर्नेमा जोड दिए । मन्त्री कार्कीले सुरक्षाकर्मीलाई श्रोत साधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै ससाना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने बताए । 

मन्त्री कार्कीले सडक अपराधलाई प्रविधिले निगरानी बढाउने भन्दै मुख्य राजमार्गमा सरकारले सिसी क्यामेरा जडान गरिरहेको जानकारी दिए । ‘मेची, कोसी तथा रानी, धरान खण्डमा सिसी क्यामेरा जडानको अभियानमा छौँ, उनले भने । प्रविधिमैत्री निगरानी भएमा अपराधी उम्कन पाउँदैन ।’

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट खरिद भएका ६ थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरिएको हो । मोटरसाइकल ग्रहण गर्दै प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख सुदीप गिरिले सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए । ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा प्रदेश सरकारको सहयोगले राहत पैदा भएको उनको भनाई छ । मोटरसाइकल वितरण अगाडि प्रदेशको सडक सुरक्षाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

bike-hastantaran-2