झापा : झापा र इलामको सिमानामा हिजो एक व्यक्तिको हत्या गरेको आशङ्कामा तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
हिजो अपराह्न साढे ४ बजे खुकुरी प्रहारबाट दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा गुरुङमाथि खुकुरी प्रहार भएको थियो ।
“प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ, थप अनुसन्धान भइरहेको छ ।” जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलीप घिमिरेले भने । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाहरूको नाम भने खुलाएको छैन । घटनामा अन्यको पनि संलग्नता भएको हुन सक्ने भएकाले अहिले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार घटना व्यक्तिगत रिसईवीका कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।