धरान : धरानमा बुधवार पहिलो यूथ फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धरान फुटसलमा मङ्गलवारबाट सुरु भएको प्रतियोगितामा बिगफुट एफसीले एफएफसीलाई ५-३ गोलअन्तरले पराजित गर्दै विजयी बनेको हो ।

विजेता टिमले नगद ५० हजार र उपविजेताले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै व्यक्तिगत पुरस्कारमा हाई स्कोरकर एफएफसीका सुदिप गुरुङ, उत्कृष्ट प्लेयर बिगफुटका विष्णु राई, उत्कृष्ट गोलकिपर बिगफुटका दिनेश चौधरी र म्यान अफ द म्याच एफएफसीका सुशान्त राई घोषित भए । उनीहरूले जनही १-१ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । यसैगरी, उत्कृष्ट कोच जुदास राई र उत्कृष्ट म्यानेजर पाब्लो थापा घोषित भई प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा सुनसरी भरीका २८ फुटसल टिम सहभागी रहेको आयोजक प्रशान राईले बताएका थिए। कार्यक्रममा धरानका निवर्तमान मेयर तिलक राई प्रमुख अतिथि रहेका थिए । यस्तै, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङ, धरान-१८ का वडाध्यक्ष प्रवीण राई, नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष विकाश चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो ।