धरान : नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र महासचिवमा विष्णुहरि पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औँ साधारण सभाले प्रमुख बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
कमर्सको वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्ष द्वयमा कुमार कार्की र निमानुरु शेर्पा निर्वाचित भएका छन् । महासचिवमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।  कमर्सको कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएका छन् ।
यसै गरी कमर्सको कार्यकारिणी समितिको सदस्यमा अनुज भट्टराई, दीपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ, अमृत खड्का, अनिल मानन्धर, रूपक राजवंशी, सञ्चित बज्राचार्य, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा र सरोज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा निर्वाचित भएका विष्णुहरि पाण्डे नेपाल शैक्षिक परामर्श सङ्घका निवर्तमान अध्यक्ष हुन ।