धरान : धरान-१ स्थित धरान मोडल कलेजले आइतबार एकल नृत्य प्रतियोगिता र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कलेजको प्राङ्गणमा आयोजित एकल नृत्य प्रतियोगितामा दृष्टि कुलुङ पहिलो भइन। त्यस्तै रेबिना दाहाल र स्वीकृत लिम्बु क्रमशः दोस्रो र  तेस्रो भइन।
प्रतियोगिताका निर्णायकहरूमा निका मोक्तान र सुरेश राई रहेका थिए। प्रतियोगितामा ९ जना बिद्यार्थीहरु सहभागी भएको कलेजका बिएसडब्लु कोअर्डिनेटर विष्णु खनालले जानकारी दिए।
विजेताहरूलाई धरान मोडल एकेडेमीका अध्यक्ष डा. जीवन कुमार राई, क्याम्पस प्रमुख प्रवीण राई, कौशिकी क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिव भोला श्रेष्ठ, पत्रकार शेखर जोगी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरे।कलेजका अध्यक्ष जीवन कुमार राई, क्याम्पस प्रमुख प्रवीण राई, कौशिकी क्याम्पस प्रमुख मोहन श्रेष्ठ, विद्यार्थीका तर्फबाट स्वस्तिका तामाङ लगायतले आउँदै गरेको चाड दसैको शुभ-कामना व्यक्त गरे।
कार्यक्रममा कलेजका प्राध्यापक डा.भवानी शङ्कर भट्टराई, बद्री तामाङ लगायतको उपस्थिति थियो।
dharan-model-college-2