• रश्मी प्रधान

धरान : नेपालमै सर्वाधिक मोटरसाइकल बिक्री हुने मोटरसाइकल बजारमा एक्सचेन्ज मेला सञ्चालन गरेको छ । धरानका लागी बजाज मोटरसाइकलको आधिकारिक विक्रेता अर्बिन एण्ड ब्रदर्सले धरानको भानुचौकमा असोज ११ गते देखि एक्सचेन्ज मेला सञ्चालनमा ल्याएको हो । 

मंगलबार धरानको भानुचौकमा बजाज मोटरसाइकलका एन सेरिजका दुई नयाँ मोडलहरू सार्वजनिक गर्दै विभिन्न अफरहरू सहित एक्सचेन्ज कार्यक्रम राखेको छ। नयाँ मोडलका बाइकहरूको धरानका प्राध्यापकहरू चूडामणि भट्टराई, शोभित यादव र अर्बिन एण्ड ब्रर्दशका अध्यक्षले संयुक्त रूपमा सार्वजनिक गरेका थिए । एक्सचेन्ज मेलामा ग्राहकहरूलाई २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सको सुविधा समेत उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

सार्वजनिक भएको बजाज मोटरसाइकल १६० सिसीको पल्सर१६० एनको मूल्य तीन लाख ७९हजार ९ सय र २५० सिसीको पल्सर २५०एनको मूल्य ४ लाख ८९ हजार ९ सय रहेको अर्बिन एण्ड ब्रदर्सका सञ्चालक अर्बिन तामाङले जानकारी दिए । 

असोज १४ गते सम्म सञ्चालन हुने बजाज मोटरसाइकलको एक्सचेन्ज अवधिभर नगद खरिदमा सात हजार नगद छुट तथा नगद तथा फाइनान्समा नयाँ बाहिकको खरिदमा हेल्मेट, ब्याग लेगगार्ड फ्री पाइने सञ्चालक तामाङले जानकारी दिए।

bajaj-2bajaj-33