दमक : मोरङको उर्लाबारीमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको कटहरी-२ घर भएका ३५ वर्षीय उद्धव परियार रहेको उर्लाबारी प्रहरीले जनाएको छ।
उर्लाबारी-१ पिपलडागीमा उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सिडिको वेल्डिङ गर्दै गर्दा करेन्ट लिक हुँदा उनको घटना स्थलमै मृत्यु भएको जनाइएको छ।
शवको पोष्टमार्टमकालागि मोरङको मङ्गलवारे पठाइएको प्रहरीले जनाएको छ।