झापा : झापाको दमकमा सामाजिक रूपमा सक्रियताको साथ कार्यहरू गर्दै आइरहेको संस्था साथीभाइ समूहले नगरपालिका र ट्राफिक कार्यालय दमकको सहयोगमा बिहीबार दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
चाडपर्वमा बढी भिड हुने, सवारीसाधनको चाप बाक्लो हुनेभएकोले बिहीबार दमक स्थिति बसपार्कमा चालकलाई सचेतना तथा कसरी दुर्घटना न्यूनीकरण कम हुन्छ भन्ने विषयमा चालकहरूलाई  ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रममा साथीभाइ समूहका अध्यक्ष गङ्गा सिटौलाको अध्यक्षतामा दमक नगरपालिका मेयर प्रमुख राम कुमार थापाको प्रमुख अतिथ्यतामा  विशिष्ट अतिथि टेक बहादुर थापा, अतिथि ट्राफिक प्रमुख सुन्दर श्याम पोख्रेल, नगर प्रहरी प्रमुख रुद्र कार्की, दमक जेसिज अध्यक्ष सञ्जीव बराल, लगायत संस्थाका पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
 कार्यक्रम सञ्चालक समूहका सचिव दीपेन्द्र तिवारीले गरेका थिए।