झापा : झापाको कमल गाउँपालिकामा गए राती २ जनाको हत्या भएको छ। 
कमल गाउँपालिका-२ सिमलडाँगीमा २३ वर्षका चन्द्र बहादुर माझीले आफ्नै ५० वर्षीय आमा चन्द्रकला माझी र आफ्नै ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए । 
गए राति साढे १० बजे अलग अलग सुतिरहेका उनीहरूलाई चन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको हो । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले हत्या गर्ने चन्द्र माझीलाई तत्कालै पक्राउ गरेको थियो भने आवश्यक कानुनी प्रक्रिया पुरा गरी सबलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको थियो । 
पारिवारिक कलहका कारण आफूले आमा र काकाको हत्या गरेको पक्राउ परेका माझीले प्रहरी समक्ष प्रारम्भिक बयान दिएको प्रहरीले जानकारी दिएका छ । 
jhapa-kakio-hatya