धरान : सुनसरी र उदयपुरमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

लौकही बजार स्थित पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको र सवारी साधन पनि नखुलेको सवारीले पैदल यात्री नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५५ कि महिलालाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन फरार रहेकोले खोज तलास भई रहेको प्रहरीले जनाएको छ ।  

यसै गरी उदयपुर त्रियुगा नगरपालिका ३ मिलन चोक स्थित सगरमाथा लोकमार्गमा स १ ह २०७६ नं.अटो ट्याम्पो साइड लगाई रोकी राखेको स्थानमा बगाहाबाट गाईघाट तर्फ आउँदै गरेको प्र १०५००१ प २१८६ नं.को मोटरसाइकलले उक्त अटो ट्याम्पोको पछाडि दायाँ साइटमा ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

घाइतेहरू अटो ट्याम्पोमा सवार जिल्ला उदयपुर त्रियुगा न.पा.३ मिलन चोक बस्ने वर्ष अन्दाजी ५० की पुनासरी बिक गम्भीर घाइते भएकी छिन् । अटो ट्याम्पोमा सवार सोही स्थान बस्ने गोपाल बराइलीको छोरा वर्ष १५ को मनिस बराइली मोटरसाइकल चालक जिल्ला उदयपुर त्रियुगा १२ बस्ने दिलीप श्रेष्ठ मोटरसाइकल चालकको श्रीमती वर्ष अन्दाजी ४५ की तुलसा दुलाल श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।