धनकुटा : धनकुटा नगरपालिका-९ चिम्सुवाबाट नियन्त्रित लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 
विशेष सूचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साढे १० बजे शहिदभुमी गाउँपालिका-३ की ४९ बर्षीय विष्णु कुमारी राई र ४३ वर्षीय उद्धिम भनिने उमेश राईलाई ५/५ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।