धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहायक डीन पदमा डा.धन केशर खड्कालाई नियुक्त भएका छन् । 
प्रतिष्ठानको चर्म तथा यौन रोग विभागका एसोसिएट प्रोफेसर डा. खड्कालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मिति असोज गते देखि लागु हुने गरी दुई वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन । 
डा.भावेश कोइरालाको सहायक डीन दुई वर्षे कार्यकाल मिति  गत भाद्र १८ गते पुरा भई उक्त पद रिक्त रहेको थियो । 
डा.खड्काले नेपालगन्ज मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण तथा प्रतिष्ठानबाट चर्म तथा यौन रोग विषयमा एम.डी उत्तीर्ण गरेका हुन । इटहरी-१९, तरहराका स्थायी निवासी डा.खड्का सन् २०१२ मा प्रतिष्ठानमा सेवा प्रवेश गरेका थिए ।