चतरा : वराहक्षेत्र नगरपालिकाको कार्यालय परिसरमा राजनैतिक दलको झण्डा सहित आएको भारतीय नम्बरको गाडी प्रवेश गरेको विषयलाई नगरपालिकाले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ।
बिहीबार नगरपालिकाको कार्यालयको समयमा भारतीय नम्बर प्लेटको गाडी राजनैतिक दलको झण्डा सहित नगरपालिका परिसरमा प्रवेश गरेको थियो । झण्डा सहित प्रवेश भएको गाडीको तस्बिर कैद गरी सामाजिक सञ्जालमा राखेर अनेकौँ टीकाटिप्पणी भएपछि नगरपालिकाले विज्ञप्ति मार्फत प्रष्ट पारेको छ । 
नगरप्रमुख वराहक्षेत्र नगरपालिका वडा नं ११ स्थित एक सहकारीको साधारण सभामा सहभागी भएको समयमा सेवाग्राहीको रूपमा आएको सो भारतीय गाडी नितान्त नगरपालिका भित्र सेवा लिने उद्देश्यले आएको नगरपालिकाले विज्ञप्ति मार्फत जानकारी दिएको छ । 
नगरपालिकाको कार्यालयलाई राजनैतिक पूर्वाग्रह राखेर बदनियत पूर्ण ढङ्गले आएका टीकाटिप्पणी हुन थाले पछि वास्तविकताबारे नगरपालिकाले धारणा व्यक्त गरेको हो । नगरपालिकाले नगरवासीलाई कपोकल्पित, भाम्रक र नगरपालिकाको प्रतिष्ठामा समेत आँच आउने आउने अभिव्यक्ति, सामाजिक सञ्जालमा आएको टीकाटिप्पणीमा कुनै सत्यता समेत नभएको स्पष्ट पारेको छ।
baraha-kshetra-press-releas