मोरङ : मोरङ क्षेत्र नम्बर ३ मा  नेपाली काँग्रेसका तर्फबाट गठबन्धनका प्रतिनिधिसभाका साझा उम्मेदवार डा.सुनिल शर्माले शुक्रवारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन् । 
मोरङ क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार लक्ष्मीकुमार श्रेष्ठ सहितका नेताहरू पनि घरदैलो कार्यक्रममा सहभागी भएका थिए । गठबन्धनले क्षेत्र नम्बर ३ मा सुन्दर हरैचा नगरपालिकाको १० नम्बर वडा घरदैलो अभियान सुरु गरेका हुन । 
गठबन्धन आबद्ध सबै दलका नेताहरू घरदैलो अभियानमा सहभागी भएका थिए । बिहीबार मात्र गठबन्धन आबद्ध दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दा मोरङ क्षेत्र नम्बर ३ मा गठबन्धन आबद्ध उम्मेदवार विजय गराउन अपिल गरेका थिए । 
अभियानको क्रममा प्रतिनिधिसभाका उम्मेदवार शर्माले गठबन्धन उम्मेद्वारहरुलाइ भोट दिए जनताको भोट खेर जान नदिने र पुरै इमानदारिता पूर्वको क्षेत्रको विकाशमा लाग्ने प्रतिबद्धता जनाएका थिए । घरदैलो कार्यक्रममा उम्मेद्वारहरुले यस क्षेत्रको विकाश, शिक्षाको सुधार, स्वास्थ्य देखि पूर्वाधार विकाशका विषयमा आफूहरूसँग प्रष्ट खाका रहेको र यी नै योजना कार्यान्वयन गर्न पनि आफूहरूलाई भोट दिन जनतासँग आग्रह गरेका थिए ।
sunil-sharma-4
sunil-sharma-3