इटहरी : इटहरी उपमहानगरपालिकाकी एक कर्मचारीको मृत्युको शोकमा एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । 
कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारी भुट्टीदेवी डोमको असोज २९ गते शनिवारका दिन मृत्यु भएको थियो । 
कर्मचारीको निधन पछि शोक वक्तव्य जारी गर्दै मेयर हेमकर्ण पौडेलले भुट्टीको निधनले सिङ्गो इटहरी उपमहानगरपालिका अत्यन्तै मर्माहत र स्तब्ध भएको बताएका छन् । 
दिवङ्गत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली र दिवगतका परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै असोज ३० गते आइतबार १ (एक) दिन अत्यावश्यक सेवा बाहेक इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका कार्यालयहरूबाट उपलब्ध हुने सेवा बन्द रहने वक्तव्यमा उल्लेख छ ।