चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ७ देवघाटमा ९ औँ संस्करणको सप्तकोशी गोल्डकप-२०७९ सुरु भएको छ।
शनिवार भएको पहिलो उद्घाटन खेलमा पथरी फुटबल क्लब विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। पथरी फुटबल क्लबले फेयर फुटबल क्लब लाई ०-२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। 
पहिलो हाफको खेलमा पथरीका उमेश कार्कीको कर्नर प्रहारलाई अभिषेक गुरुङले हेड गर्दै गोल पहिलो खाता खोलेका थिए ।
दोस्रो हाफमा पुन पथरीका आशिष् चौधरी गोलले गरेपछि पथरी सेमिफाइनलमा प्रवेश गरेको हो । यता फेयर फुटबल क्लबले गोल गर्न निकै प्रयास गरे पनि गोल गर्न नसक्दा खेल हार खेप्नुपरेको थियो । 
खेलमा पहिलो गोल गरेका अभिषेक गुरुङ खेलको म्याच अफ द म्याच घोषित भए उनले नगद ३ हजार सहित ट्रफी हात पारेका थिए ।
स्थानीय वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा आइतबारको खेल आयोजक र पन्चायन फुटबल क्लबबिच हुने कार्यक्रम संयोजक ज्ञानबहादुर लिम्बूले बताए ।
शनिवार भएको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा कोसी गाउँपालिकाका प्रमुख ऐयुब अन्सारी रहेका थिए । आयोजक क्लबका कार्यवाहक अध्यक्ष हर्कबहादुर राईको सभाध्यक्षतामा भएको कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको विशेष उपस्थिति समेत रहेको थियो ।
कात्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहेको छ।
pathari-football-club-winne