इटहरी : इटहरीको विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।
दिउँसो १:३० बजे कोसी लोकमार्गमा इटहरीबाट विराटनगर तर्फ जाँदै गरेको प्र १-०२-०५१प ११२१ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०५० प ८७३४ मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक दुहबी नगरपालिका-९ बस्ने सहबाज आलम, स्कुटर चालक जिल्ला खोटाङ खोटेहाङ गाउँपालिका-६ बस्ने वर्ष ३१ को शिवजी राई तथा स्कुटर पछाडि सवार सोही ठाउँका ३१ को सृजना राई घाइते भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 
घाइते तिनै जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।