धरान : धरानमा शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। बिहीबार धरानको भानुचौकमा १०३ वर्षको उमेरमा दिवङ्गत भएका जोशीको विषयमा चर्चा गर्नुका साथै एक मिनेट मौन धारण र दीप प्रज्वलन गरिएको थियो ।
नेवा: देय दबूका संरक्षक, संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको निधनले नेवार समुदायमा पनि ठुलो क्षति भएको दवू धरानका अध्यक्ष मनोहर शाक्यले बताए । 
डा.टङ्क न्यौपानेले नेपालको एक महत्त्वपूर्ण सम्पत्ति गुमाएको बताए । कार्यक्रममा दवूका केन्द्रीय उपाध्यक्ष अनिल मास्के, सरला कायस्थ लगायतले श्रद्धाञ्जली र समवेदना प्रकट गरेका थिए। 
सभामा खलपुचका अध्यक्ष, प्रतिनिधि र विभिन्न जातीय सङ्घ संस्थाहरूको प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।