इटहरी  : इटहरीको मुख्य चोकमा गएराति आगलागी भएको छ।
विराटनगर लाइनमा रहेको क्लासिक टेक इन्टरनेटको कार्यालय रहेको भवनमा राती करिब १२ बजे आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काका अनुसार आगलागी भएको भवनमा निभ सेक्युरिटी र सुन पसलहरू समेत छन् । आगलागीबाट उक्त भवनको अगाडिको भाग जलेको छ । क्लासिक टेक अफिसका दुई वटा कोठा पनि जलेको डिएसपी खड्काले जानकारी दिए । इटहरी उपमहानगरको दमकलले २ घण्टा पछि आगो नियन्त्रणमा लिएको छ । क्लासिक टेकका कर्मचारी र घरधनी अहिले सम्म सम्पर्कमा आएका छैनन् । जसका कारण  क्षतिको विवरण आइसकेको छैन ।
आगलागी बिद्युत् सर्ट भएर हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।