धरान : तिहारको समयमा स्थानिय फूल नफुले पछि यस पटकको तिहारमा धरान बजार भारतीय फूलमय भएको छ । 

स्थानिय फूल सोचे जस्तो नफुले पछि फूल व्यवसायीले हप्ता दिन अघि नै भारतको कलकत्ताबाट भारतीय फूल खरिद गरेर कृषि उपज बजार स्थलमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरेका थिए । त्यही फूल आज भानुचौक परिसरमा बिक्री गरिएको छ । भारतीय फूलको तुलनामा अलिकति मात्रै स्थानिय फूल बजारमा आए पनि अत्यन्तै महँगोमा बिक्री भएको छ । 

तिहारलाई लक्षित गरेर भारतको कलकत्ताबाट मात्रै कृषि उपज बजार स्थलमा करिब डेढ करोडको फूल आयत गरी भण्डारण गरिएको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । 

आज केही स्थानिय फूल आए पनि अति नै महँगो भएको उपभोत्ताहरुले बताएका छन् । एउटा माला पनि नपुग्ने फूल डेढ सय रुपैयाँ मुठामा बिक्री भएको छ । यस पटक तिहारमा नेपालमा सयपत्री फूल नफुल्दा भारतीय फूलमा निर्भर हुनुपरेको बताइएको छ । 

Full-4Full-1Full-2Full-6Full-5Full-3