धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहारमा राति नौ बजे पछि देउसी भैलो खेल्न नपाइने निर्णय गरेको छ । 

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राति अबेर सम्म देउसी भैलो लगायतको सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा झैँ झगडा हुन सक्ने र भड्किलो चाड पर्व नबनाउनका लागि जिल्ला स्तरीय चाडबाड लक्षित विशेष सुरक्षा योजना तयार गरेर लागु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

सुरक्षा योजना अनुसार प्रदेश १ ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर जिल्लाभर मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई विशेष निगरानी गरिने र प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर तिहार र छठ पर्वमा सुरक्षामा कडाइ गरिने प्रजिअ यादवले बताए ।