धरान : भाइटिकाको दिन सुनसरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

गए राति सुनसरी इटहरी–१७  पकली स्थित पूर्व  पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको  प्रदेश १–०२–०४३ प ९०८७ नं को मोटर साइकलले सोही दिशा तर्फ जाँदै गरेको ठेला लाई ठक्कर दिँदा ठेला चालक इटहरी १७ बस्ने वर्ष ४५ को  तेज नारायण साहको मृत्यु भएको छ ।

मोटर साइकल चालक मोरङ बेलबारी-८ बस्ने वर्ष ४५ को विक्रम खड्का समेत घाइते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको छ । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । 

यसै गरी हिजो १२;४५ बजेको समयमा जिल्ला सुनसरी इनरुवा-५ दुहबी इनरुवा सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री बराहाक्षेत्र -८ बस्ने वर्ष २७ को जीवन राउत गम्भीर घाइते भई उपचारको लागी जिल्ला अस्पताल इनरुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको खोज तलास भइरहेको छ । 

यसै गरी हिजो साँझ भोक्राहा नरसिंह -५ जनताचोक स्थित पुर्बपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग ३ च ५५७६ नं को कारले सोही दिशा तर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री भारत सुपौल बनौलि पञ्चायत बस्ने वर्ष ३५ को गुलाब मेहता गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएको र उपचारको क्रममा उनको मृत्यु भएको जनाईएको छ ।

कार र चालक रुपन्देही सैनामैना ४ बस्ने वर्ष ५४ को कृष्ण बहादुर रेग्मी जिल्ला प्रहरी कार्यालय  सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । तिब्र गतिका कारण दुर्घटना भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।