चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ९ सोह्र नम्बरमा जारी ५ औँ संस्करणको सयपत्री कप अन्तर्गत तेस्रो क्वाटर फाइनल खेलमा विजयी हुँदै सालवनी फुटबल क्लब वराहक्षेत्र विजयी भएको छ । बुधवार भएको खेलमा एभरेस्ट फुटबल क्लब नडाहालाई शून्यको विरुद्ध एक गोलको अन्तरले जित निकाल्दै सालवनीले सेमिफाइनलको यात्रा तह गरेको हो ।
खेलमा दोस्रो हाफको ६ मिनेटमा सालवनीका सुजन मगरले गरेको गोल निर्णायक बनेपछि सालवनीले एभरेष्ट विरुद्ध सङ्घर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
खेलको म्यान अफ द म्याच सालवनीका गोलकिपर विवश चौधरी घोषित भए उनले नगद २ हजार १ सय नगद सहित ट्रफी हात पारेका थिए ।
स्थानीय सिरिजंगा यूकासिंह निसामहीम आधारभूत विद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा अन्तर्गत बिहीबार अन्तिम क्वाटर फाइनल खेल सङ्गम फुटबल क्लब र आयोजक सयपत्री यूथ क्लब बिच हुने क्लबका अध्यक्ष आशिष् राईले बताए ।  प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ  रहेको छ ।