इटहरी : मोरङको क्षेत्र नम्बर ६ बाट बहुजन पार्टीका प्रतिनिधि सभा उम्मेदवार नारायण पासवानले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गरेका हुन् । 
बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवानले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कोइरालालाई जिताउन आह्वान समेत गरेका छन् । 
डाक्टर कोइरालालाई विराटनगर स्थित निवासमा भेटेर न विज्ञप्ति जारी गर्दै उनले काँग्रेसको चुनावी अभियानमा लाग्ने बताएका छन् । "म आजैको मितिबाट आफ्नो प्रतिनिधि सभाको उम्मेदवारी फिर्ता लिदैं नेपाली काँग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दछु । 
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली काँग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौ । नेपाल बहुजन शक्ति पार्टीका हामी सबै प्रतिनिधिहरू आजै बाट डा. शेखर कोइरालाको चुनावी अभियानमा जुटेर उहाँलाई अत्यधिक मतबाट विजय गराउन सक्रिय भएर लाग्नका लागी पनि आहान गर्दछु," विज्ञप्तिमा उल्लेख गरेका छन् ।
bahujan-samajbadi