धरान : धरान-११ मा रहेको मितेरी फुटसलले सेवानिवृत्त प्रहरी र सेनालाई सहभागी गराउँदै तेस्रो मितेरी ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगितामा नेपाल र नेपालबाहिरका सेवानिवृत्त कर्मचारी सहभागी हुन पाउने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मङ्सिर १६ र १७ गते मितेरी स्पोर्ट सेन्टर धरानमा प्रतियोगिता हुने भएको हो ।
ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्ल्युएफ) को नियमानुसार खेल खेलाइने प्रतियोगिता संयोजक लुकेन्द्र राईले बताए । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा ५० वर्ष मुनी र ५० वर्षभन्दा माथिका खेलाडीहरूबिच प्रतिस्पर्धा गराइने उनले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने सेवानिवृत्त कर्मचारीले १५ वर्ष अनिवार्य सेवा गरेको कागजात पेस गर्नुपर्ने सर्त राखिएको छ ।
एकल प्रतिस्पर्धा गराइने प्रतियोगितामा ५० वर्षभन्दा मुनीका विजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी पाउनेछ भने दोस्रोले २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी पाउने जनाइएको छ । ५० वर्षभन्दा माथिका खेलाडीमध्येबाट विजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी र दोस्रोले १६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी पाउने जनाइएको छ ।