झापा : झापाको बिर्तामोड नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ। 
आज बिहान ५ बजे साइकल यात्री स्थानिय ६० वर्षीय उदय बहादुर गहतराजलाई प्रदेश १-०१-००१ च ८३१९ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा घाइते भएका गहतराजको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 
ठक्कर दिने सवारी साधन र चालक पथरी शनिश्चरे मोरङका कमल बहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।